अब विधेयकको अग्रिम सूची संसद्लाई बुझाउनुपर्ने

काठमाडौँ, १ चैत । सरकारलाई विधेयकको सूची अग्रिम रूपमै संघीय संसद्‌मा पठाउनुपर्ने भएको छ । एक वर्षभरि पारित गराइनुपर्ने विधेयक प्राथमिकता निर्धारणसहित कार्यतालिका बनाएर प्रत्येक वर्ष असारभित्र संसद्लाई उपलब्ध गराउनुपर्ने भएको हो । संघीय संसद्ले पारित गरेको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कानुन बनाउन आवश्यक प्रक्रिया, मापदण्ड व्यवस्था गरिएको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनबाट…