भक्तपुर, २९ फागुन । काठमाडौँ मेडिकल कलेज र चाँगुनारायण नगरपालिका, वडा नं. २ बीच स्थानीय बासिन्दालाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार वडा नं. २ का बासिन्दाले काठमाडौँ मेडिकल कलेजमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्नेछन् । सम्झौता पत्र अनुसार ओपीडी दर्ता (OPD…