म्याग्दी, १२ फागुन । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदी नाउरामा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना २६ महिनामा केन्द्रीय ग्रिडमा जोड्ने गरी निर्माण कार्यले तीव्रता पाएको छ । जिल्लाको विकट बस्ती नाउरा, सिन्कोस बगर आसपासका क्षेत्रमा पहुँच मार्ग पुर्याएपछि सुरुङ निर्माणमा जुटेको आयोजनाले अब निर्धारित समयमै उत्पादन गर्ने जनाएको छ । हाइड्रो इम्पाएर प्रा.ली.…