गालीलाई राजनीति ठान्ने रोगी प्रवृत्तिबाट न मुलुक बन्छ, न कुनै पार्टी : नेता भण्डारी

काठमाडौँ, २ माघ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले गालीलाई राजनीति ठान्ने रोगी प्रवृत्तिबाट मुलुक र राजनीतिक दल नबन्ने बताएका छन् । कांग्रेसलाई एक बनाउन नसकेको प्रसङ्गमा आफ्नो आलोचना भएको भन्दै यस्ताे बताएका हुन् ।  सामाजिक सञ्जालमा उनले भनेका छन्, 'एउटै रेलमा सबै सँगै अघि बढौँ भन्ने चाहना थियो । यात्रु बोलाउँदै–बोलाउँदै रेल भने हिँडिसक्यो…