नेपालमा खेल पर्यटनलाई प्रवर्धन गरेर लैजानुपर्छ : अध्यक्ष प्रचण्ड

सिन्धुपाल्चोक, १ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो सम्भावना भएकाले यसलाई प्रवर्धन गरेर लैजानुपर्ने बताएका छन् । सिन्धुपाल्चोकको सुकुटेमा आजदेखि सुरु भएको सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा पर्यटन विकासका लागि विश्वकै आकर्षक गन्तव्य भएको उल्लेख गरे…