काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनको नतिजा सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यासम्पादन समितिको बैठकबाट उपनिर्वाचनको परिणामलाई सन्तोषजनक ठानिएको हो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि सञ्चारकर्मीसित भने, “...हामी अहिले पनि ठूलो पार्टीका रूपमा स्थापित भएका छौँ । महत्त्वपूर्ण ठाउँहरूमा…