काठमाडौँ, २२ मंसिर । नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको छ । उनी शुक्रबार नै विराटनगर पुगिसकेका छन् । सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरू पनि सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा प्रदेश कार्यसमितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीतिबारे…