काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको कार्यान्वयन सम्झौताको विषयमा दलहरू विभाजित भएका छन् । एमालेसँग सत्ता गठबन्धनमा रहेको कांग्रेस बीआरआई अघि बढाउन इच्छुक देखिएको छैन । एमाले, माओवादी, एकीकृत समाजवादी भने ओलीको चीन भ्रमणमा बीआरआई कार्यान्वयन सम्झौता गर्नुपर्ने पक्षमा छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा…