काठमाडौँ, ६ मंसिर । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध दायर भएको रिट निवेदनमा बिहीबार सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ ठहर भएको छ । सर्वोच्च अदालतका पूर्ण इजलासमा पेसी तोकिएको उक्त रिट ‘हेर्न नमिल्ने’ भएको हो । न्यायाधीशहरू हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना र सुनिलकुमार पोखरेलसहितको पूर्ण इजलासमा पेसी तोकिएको थियो…