गृहमन्त्री लेखकद्वारा सिमानाकामा हुने राजस्व चुहावटका विषयमा गम्भीर हुन निर्देशन

काठमाडौँ, ४ मंसिर । गृहमन्त्री रमेश लेखकले सिमानाकामा हुने राजस्व चुहावटका विषयमा गम्भीर हुन निर्देशन दिएका छन् । आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका हुन् । उनले पहिलो आवश्यकता शान्ति स्थापना गराउनु भए पनि सँगै अनुशासित पनि बन्नुपर्ने…