भक्तपुर जीवित संग्रहालय हो : प्रधानमन्त्री ओली

भक्तपुर, १७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर पूरा सहर नै जीवित संग्रहालय भएको बताएका छन् । शनिबार भक्तपुरमा नेपाल संवत् ११४५ को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भक्तपुर पूरा शहरलाई नै जीवित संग्रहालय मान्न सकिने अवस्थामा पुगेको बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालको संस्कृतिको संरक्षण गर्न सरकार लागिपरेको बताए । प्रधानमन्त्री ओलीले भने , ‘भक्तपुरलाई जीवित संग्रहालय भनेर…