द्वन्द्व पीडितको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छ : आचार्य

बुटवल, १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्व पीडितका समस्या समाधान गर्न समावेशी नीति र कानुनी संरचनाको निर्माण गर्दै पीडितहरूको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको बताएका छन् ।  दाङको लमहीमा प्रदेश स्तरीय अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न र उनीहरूको हक अधिकारलाई सम्बोधन गर्ने गरी भूमिका निर्वाह गरिरहेको बताए…