गृह, भौतिक र रक्षामन्त्री बाढी प्रभावित क्षेत्र सिन्धुलीमा

सिन्धुली, २२ असोज । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन संघीय सरकारका तीन मन्त्री यहाँ आइपुगेका छन् । आज बिहान गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली खुर्कोट आइपुगेको हो । उनीहरूले सुनकोसी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार…