अमेरिका, १२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानुन कार्यान्वयनका क्रममा सत्य र न्यायसहित पीडितको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९ औं महासभालाई शुक्रबार सम्बोधन गर्ने क्रममा उनले मानव अधिकार, महिला अधिकार तथा लैंगिक समानतालगायत विषयमा नेपाल कटिबद्ध रहेको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले द्वन्द्वबाट उदाएको मुलुक भएकाले नेपालले शान्ति र राजनीतिक…