काठमाडौँ, ९ असोज । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयात बढेको छ भने निर्यात खस्किएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०८१/८२ को दुई महिना भदौसम्मको तथ्याङ्क अनुसार यो अवधिमा दुई खर्ब ६२ अर्ब ५४ करोड रुपियाँको वस्तु आयात भएको छ । यो गत भदौको तुलनामा १.०८ प्रतिशतले बढी हो…