काठमाडौँ, १० असोज । असहाय बालबालिकाको हेरचाह र संरक्षणका लागि सञ्चालित बाल मन्दिरको जग्गा दुरुपयोग सम्बन्धमा परेको अनुसन्धान ६ महिनादेखि अलपत्र छ । बाल संगठनको वर्तमान नेतृत्वले गत वैशाखमा दिएको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको थियो । सुरुमा निकै चर्चा भए पनि अनुसन्धान सुस्ताएको छ भने अब मिलापत्रबाटै टुंग्याउने तयारी पनि…