आफैँभित्र आशाको दियो बाल्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताएका छन् । आफैँभित्र आशाको दियो बाल्नुपर्ने बताएका छन् । बिहीबार शीतल निवासमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश बन्ने समय नभएको बताएका हुन् । राष्ट्रपति पौडेलले अहिलेको समय एकताबद्ध हुने, आफैँप्रति विश्वस्त हुने समय भएको बताए । उनले…