प्रकाश तामाङले पाए घरमै नागरिकता

काठमाडौँ, १६ भदौ । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि आफ्नो परिवार भेटेका प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाणपत्र पाएका छन् । आज नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । जिल्लाको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख…