समाजलाई सकारात्मक दिशामा रूपान्तरण गर्न आवश्यक : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, ३२ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रूपान्तरण आवश्यक रहेको बताएका छन् । आज काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले अहिले कक्षा १२ को अध्ययनपछि विदेश जाने परिपाटी बिस्तार भएको भन्दै नेपालमै अध्ययन गरेर देश बनाउन लाग्न विद्यार्थीसँग आग्रह गरे । नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले…