एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ, १२ पौष । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आइतबार बिहान ११ बजे पहिलो सचिवालय बैठक बोलाइएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पौष १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले एमालेले उक्त सूचीबारे छलफल गर्न बोलाएको हुनसक्ने एक नेताले जानकारी दिए ।…