राजदूत नियुक्ति समावेशी नभएकोमा उपेन्द्र यादवको असन्तुष्टि

काठमाडौँ, १९ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजदूत नियुक्तिमा असन्तुष्टि जनाएका छन् ।  १८ जना राजदूत सिफारिस गर्दा मधेसी, दलित, थारु, मुस्लिम, सीमान्तकृत र पिछडिएको समुदायको प्रतिनिधित्व शून्य रहेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।  उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, "संविधानको धारा २८२ मा राजदूत नियुक्त समावेशी सिद्धान्तको आधारमा गर्ने भनिएको…