सभामुखद्वारा समितिमा रहेका विधेयकलाई चाँडो टुंगोमा पुर्‍याउन आग्रह

काठमाडौँ, १६ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकको अवस्थाबारे चासो देखाएका छन् । संसद् बिजनेसविहीन भएपछि सभामुख घिमिरेले विभिन्न समितिका सभापतिहरूसँग छलफल गर्दै समितिमा विचाराधीन विधेयकहरूको अवस्थाबारे चासो देखाएका हुन् । बुधबार भएको छलफलमा उनले विचाराधीन विधेयकहरूलाई चाँडो टुंगोमा पुर्‍याउन आग्रह गरेका छन् । छलफलपछि उद्योग समितिका सभापति अब्दुल खानले समितिमा रहेका विधेयकको अवस्थाबारे सभामुखले जिज्ञासा राखेको जानकारी…