काठमाडौँ, २५ असार । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधन गर्न संसदका दुई ठूला दल मिलेर सरकार बनाउन लागेको बताएका छन् । आज संसद भवन परिसर नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले कांग्रेस र एमाले मिल्नु परेको बता ए। उनले भने,…