प्रधानमन्त्री प्रचण्डले ७ जेठमा विश्वासको मत लिने

काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ जेठमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार संघीय संसद् सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएकाले कार्यसूचीमा राखिदिन अनुरोध गरेको हो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत प्रयोजनका लागि पत्र आएको जानकारी दिए । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव…