सभामुख रबर स्ट्याम्प बने : महामन्त्री शर्मा

काठमाडौँ, ७ जेठ । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे रबर स्ट्याम्प बनेको आरोप लगाएको छ । कांग्रेसको अवरोधबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि प्रतिनिधिसभा बैठक कक्षबाटै सामाजिक सञ्जालमा लेख्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सो आरोप लगाएका हुन् । कांग्रेस सांसदहरू बेल घेराउ गरेर नाराबाजी गरिरहँदा शर्माले सामाजिक सञ्जालमा लेखेका छन्– ‘संसद्‌मा आज सभामुख देखिनँ…