कांग्रेस लोकतान्त्रिक शक्ति होइन, सत्ता स्वार्थमा चुर्लुम्म डुब्यो : अध्यक्ष ओली

काठमाडौँ, २९ वैशाख ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएको दाबी गरेका छन् । पार्टीको काठमाडौँ महानगरपालिका कमिटीले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन संसद्मा गर्न उपप्रधानमन्त्री लामिछानेलाई नदिएको…