सुर्खेत, २६ वैशाख । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई मन्त्री, प्रधानमन्त्री पदको चिन्ता नरहेको बताएका छन् । स्थानीय विकास विभागको आयोजना सुर्खेतमा सुरु भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि प्रदेशस्तरीय प्रशिक्षण शिविरलाई सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीतिमा देश बनाउने र आफू मात्र बन्ने प्रवृत्ति देखिएको बताए । ‘हामीलाई मन्त्रालय, प्रधानमन्त्रीको चिन्ता छैन ।…