देशभरका असहाय बिरामीलाई काठमाडौँ महानगरले निःशुल्क उपचार गर्ने 

काठमाडौँ, १६ वैशाख । काठमाडौँ महानगरपालिकाले देशभरका जुनसुकै पालिकाका अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । यसका लागि बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर आउनुपर्ने महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले बताएका छन् ।  निःशुल्क उपचारका लागि काठमाडौँ महानगरसँग ५२ अस्पतालका २७४ बेड रहेका प्रमुख शाहले जानकारी दिए । यसका लागि ११८०…