प्रश्न छल्न संसद् अधिवेशन अन्त्यको सिफारिस

काठमाडौँ, १ बैशाख । सरकारले सहकारी ठगीलगायत विषयमा उठेका प्रश्नहरूको समाधान नगरी संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री एवं रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसद् अवरुद्ध गरिरहेका बेला संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय सरकारले गरेको हो । प्रधानमन्त्री पुष्पकमल…