काठमाडौँ, २२ चैत । सरकारका मन्त्रीहरूले प्रत्येक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रत्येक मन्त्रीले प्रत्येक दिनको साँझ ब्रिफिङ गर्नुपर्ने निर्णय गरिएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री दाहालले प्रत्येक मन्त्रीले हरेक दिन ब्रिफिङ गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारी गराएका…