सत्ता-प्रतिपक्ष टकरावले संसद् बन्धकको अवस्थामा

काठमाडौँ, २७ चैत । संसदीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने विषयलाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको टकरावले संसद् बन्धक बन्ने अवस्थामा पुगेको छ । यसअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सम्बद्ध कार्यसूचीबाहेकमा संसद्को कामकारबाहीमा अवरोध नपुर्‍याउने भनेको कांग्रेसले मंगलबारदेखि भने संसदीय समिति गठनको मागलाई थप चर्काएर सदन नै ठप्प पार्ने चेतावनी दिएको छ ।  सभामुख देवराज…