कञ्चनपुर, १ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक समीकरण कच्चा नभएको दाबी गरेका छन् । आज एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपालीहरूले बनाएको समीकरण भएकाले कच्चा नभएको दाबी गरेका हुन् । उनले भने, ‘अहिलेको समीकरण कच्चा छैन । यसलाई टिकाउने हो ।…