काठमाडौँ, २६ फागुन । पूर्वाञ्चल, सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएको छ । रिक्त पदमा समयमै पूर्णता दिन नसक्दा कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्त गरेका छन् । दैनिक कार्य सञ्चालन गर्न भन्दै निमित्त उपकुलपतिहरू तोकिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार पूर्वाञ्चलमा शैलेषमणि पोखरेल, सुदूरपश्चिममा कर्णबहादुर थापा र मध्यपश्चिममा केशरसिंह…