अब कांग्रेस पूर्ण रूपमा जनतामा जान्छ : शेखर कोइराला

काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धन टुट्दा निर्वाचनको ‘म्यान्डेट’को पालना नभएको टिप्पणी गरेका छन् । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि डा. कोइरालाले गठबन्धन टुट्दा कांग्रेसलाई तत्कालका निम्ति घाटा भए पनि दीर्घकालमा फाइदा हुने बताए । उनले भने, “गठबन्धन टुटुदा तत्कालका लागि घाटा…