काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक प्रक्रियाबाटै समीकरण बदल्दा आफू विश्वासघाती र धोकेवाज कसरी भएँ भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले कुनै बेला संसदको रोस्ट्रममै उभिएर आफूलाई नेपालको राजनेता भनेर घोषणा गरेको पनि बताए । ‘त्यही राजनेता आज संविधान, राजनीतिक मान्यताका…