कांग्रेसद्वारा स्थानीय व्यवस्थापन समिति विस्तार

काठमाडौँ, २९ माघ । नेपाली कांग्रेसले गोदावरीमा हुने महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन उपसमितिमा १० जना सदस्यहरू मनोनीत गरेको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिमा १० जना सदस्यहरूलाई मनोनीत गरिएको जानकारी दिए । केन्द्रीय कार्यालयका अनुसार व्यवस्थापन उपसमितिमा काठमाडौँका रोमेल श्रेष्ठ, गोविन्द पुडासैनी, इन्द्रबहादुर थापा, ललितपुरका लक्ष्मी…