संघीय मन्त्रीहरूलाई मुख्यमन्त्रीहरूको प्रश्न : प्रदेशलाई अधिकार दिने कुरामा किन बोल्नुहुन्न ?  

काठमाडौँ, २६ माघ । राष्ट्रिय समन्वय परिषद्को बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीले संघीय मन्त्रीहरूको आलोचना गरेका छन् । एकात्मक सोचका कारण संघका मन्त्री र उच्च तहका कर्मचारीले प्रदेशलाई अधिकार दिन नचाहेको भन्दै मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार आयोजित संघीयता कार्यान्वयनसम्बन्धी छलफलमा मुख्यमन्त्रीहरूले ‘संविधानले दिएको अधिकार प्रदेशलाई दिने कुरामा…