भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल दुई स्थान माथि उक्लियो

काठमाडौँ, १६ माघ । व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा रहेको नेपालले यो वर्ष त्यसमा झिनो सुधार गरेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको छ । गत वर्ष ३४ अंक पाएको नेपालले यसपटक ३५ अंक पाएको छ । एक अंक…