कांग्रेसद्वारा महासमिति बैठकका लागि आठ उपसमितिका संयोजक चयन

काठमाडौँ, २१ माघ । नेपाली कांग्रेसले आगामी महासमितिको बैठक तयारी मूल समितिका विभिन्न उपसमितिका संयोजकहरू चयन गरेको छ । आगामी फागुन ७ गते प्रारम्भ हुने बैठकको तयारी मूल समितिका संयोजक तथा पार्टी सभापति शेरबहादुर देउवाले उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पिएका हुन् । जसअनुसार प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा उदय शमशेर राणा र यातायात व्यवस्थापन…