काठमाडौँ, १३ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज (१३ माघ)देखि झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन् । महामन्त्री थापाले आज शनिबार बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा सुरु गरेका हुन् । समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेल सहभागी भएको…