काठमाडौँ, ४ पौष । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सोमबार आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै विद्यार्थीको उपस्थिति गराएर ‘गिनिज विश्व रेकर्ड’ राखेको गलत सूचना दिएको छ। विश्वविद्यालयको आधिकारिक वेबसाइटमा गिनिज विश्व रेकर्ड कायम गरेको र संस्थाका आधिकारिक प्रतिनिधिले प्रमाणपत्र उपलब्ध गराएको भन्ने गलत सूचना राखिएको छ। दशरथ रंगशालामा त्रिविद्वारा आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै संख्यामा विद्यार्थी र…