अमेरिकाद्वारा टर्कीमाथिको प्रतिबन्ध फुकुवा

एजेन्सी, ८ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको घोषणा गर्नुभएको छ । रुस र टर्कीबीच सिरियाको उत्तरी क्षेत्रमा युद्ध विरामको समयलाई बढाउने सहमति भएसँगै अमेरिकाले प्रतिबन्ध फुकुवा गरेको हो । टर्कीले सिरियामा उत्तरी क्षेत्रमा सक्रिय रहेको कुर्द लडाकुहरुविरुद्ध नौ दिन अघि सैनिक कारवाही शुरु गरेपछि अमेरिकाले प्रतिबन्धको घोषणा गरेको थियो…