एजेन्सी, ११ भदौ । सामाजिक सञ्जाल कम्पनी ‘मेटा’ले बालबालिकालाई आफ्ना प्लाटफर्ममा लत लगाएर मानसिक स्वास्थ्यमा हानि पुर्याएको आरोपसम्बन्धी मुद्दा सुल्झाउन ठूलो रकम तिर्ने सहमति गरेको छ । द न्युयोर्क टाइम्सका अनुसार फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लाटफर्मको प्यारेन्ट कम्पनीले अमेरिकी राज्यहरूसँग १७.१ अर्ब डलरसम्म जरिवाना तिर्ने गरी सम्झौता गरेको हो । यस सम्झौतामा ४७ राज्य, डिस्ट्रिक्ट अफ कोलोम्बिया…