एजेन्सी, १७ भदौ । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयास भएको छ । बिहीबार राति भएको घटनामा क्रिस्टिना आफ्नो घरबाहिर समर्थकहरूको बीचमा थिइन् । सोही क्रममा एक अज्ञात व्यक्तिले बन्दुक प्रहार गर्न खोजेको देखिन्छ । नजिक भएका मानिसहरूले बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा शरीरमा जोडेर बन्दुक प्रहार गर्न खोजेजस्तो देखिन्छ ।…