साउन ३१, काठमाडौं । वैदेशिक रोजगर बाट फर्किएकाहरुको सरकारले अनलाइन सिस्टमबाट तथ्यांक राख्ने भएको छ ।
विदेशमा श्रम गरेर वर्षेनी कति नेपाली स्वदेश फर्किन्छन् भन्ने सरकारले अब भने एकीन तथ्यांक नै लिने तयारी गरेको हो ।
श्रम तथा रोजगार मन्त्रालयले फर्किएका कामदारको पनि सम्पूर्ण रेकर्ड राख्ने रव्यवस्थासहित वैदेशिक रोजगारीमा जाने युवाको विवरण र तथ्याङ्क व्यवस्थित गर्ने गरी श्रम तथा रोजगार मन्त्रालयले अनलाइन सिस्टम विकास गरेको छ ।
श्रममन्त्री गोकर्ण बिष्टले अबको १० दिनभित्र यस्तो अनलाइन सिस्टमको प्रयोग गर्न सुरु गरिने जानकारी दिएका छन् । ‘कामका लागि विदेश जान सबैको सम्पूर्ण व्यक्तिगत विवरण, नाम थर, ठेगानाा, पासपोर्ट नम्बर, विदेशमा कुन कम्पनीका जाने, कस्तो काममा जाने, कति वर्ष बस्ने, कति तलव सुविधा छ लगायताका सबै विवरण हामी अनलाइनमा एक क्लिक गर्दा भेटिने गरी गरि राख्दै छौं,’ मन्त्री बिष्टले भने,’फर्किनेको पनि यस्तै विवरण सहित कुन कम्पनीबाट कति वर्ष काम गरेर कुन सीप लिएर फर्किएको छ भन्ने सबै व्यवस्थित गरिनेछ ।’










प्रतिक्रिया दिनुहोस्