Banner News

सत्ता गठबन्धनको बैठक आज बस्ने



काठमाडौँ, १९ भदौ । सत्ता घटकका पाँच दलको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा शीर्ष तहका नेतासहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए ।

आसन्न चुनावमा सिट भागबण्डामा सहमति खोज्नका लागि पाँच दलको बैठक बस्न लागेको हो ।