काठमाडौँ, १९ मंसिर । सत्तारुढ गठबन्धनका चार दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको निश्कर्ष निकालेका छन् ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले गठबन्धनको सान्दर्भिकता पुष्टि भएको निश्कर्ष निकालेको हो ।
त्यस्तै सत्ता गठबन्धनले निर्वाचन नतिजा अपेक्षाकृत नआएको निष्कर्ष निकालेको छ । बैठकले आगामी दिनमा अझै गठबन्धनलाई अझै शसक्त बनाएर लैजाने निर्णय पनि गरेको छ । बैठकपछि कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका सामु विद्यमान चुनौतीको सामाना गर्नुपर्ने आवश्यकताले पनि गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्