काठमाडौँ, ३ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छन् ।
संसदमा कुनै पनि दलको बहुमत नआएकाले धारा ७६ को उपधारा १ अनुसार सरकार बन्न नसक्ने देखिएका कारण राष्ट्रपति भण्डारीले सदनमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार गठन गर्नका लागि आह्वान गरेकी हुन् ।










प्रतिक्रिया दिनुहोस्