Banner News

प्रदेश १ काे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त



काठमाडौँ, २४ पौष । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन ।

प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । ९३ सदस्यीय प्रदेश सभामा ४७ जना सांसद भए बहुमत पुग्नेमा कार्कीले ६० जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए ।

कार्कीलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका छ र जनता समाजवादी पार्टीका एक जना गरी ६० जनाले साथ दिएका छन् ।