Banner News

विश्वासको मत लिने संसद् बैठकको समय सर्‍यो



काठमाडौँ, २६ पौष । प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि तय गरिएको बैठक सारिएको छ । आजै दिउँसो १ बजे बस्ने गरी बैठकको समय सारिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार नेपाली कांग्रेसका कारण बैठक सारिएको हो । कांग्रेस संसदीय बैठक बस्न ढिला भएपछि बैठक सारिएको हो ।

बिहान ९ बजेका लागि बोलाइएको कांग्रेस संसदीय दलको बैठक अझै सुरु भएको छैन । अहिले सो पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ । बैठकबाट विश्वासको मतबारे निर्णय गरिने नेताहरूले बताएका छन् ।